+
+
Shares

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ।
  • चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले बढेको छ।
  • सुनको भाउ बुधबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनभन्दा ४ सय रुपैयाँले घटेको हो।

२३ पुस, काठमाडौं । बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । यसअघि पुस १४ गते चाँदीको भाउले ४ हजार ८९५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।

बुधबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । महासंघले सुनको भाउ आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । पुस १३ गते सुनको भाउले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । सो दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?