+
+
Shares

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते ८:५४

२५ पुुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जानकारी दिए । उनले भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने नबोलाइएको बताए ।

‘आज साढे १० बजे केन्द्रीय सदस्यमात्रै हामी बस्छौं । शीर्ष नेताहरू कसैलाई पनि बोलाउँदैनौं,’ ती नेताले भने, ‘संस्थापन पक्षबाट जितेका २५ केन्द्रीय सदस्यको समूहलाई पनि बोलाएका छौं ।’

यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक भेलाहरू आयोजना गर्दै आएका थिए । उनीहरू निर्वाचनअगावै महाधिवेशन हुन नहुने पक्षमा अडान राख्दै आएका थिए ।

यसैबीच संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्दैछ । २७ पुसका लागि तय भएको भेला बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको छ ।

‘आमनिर्वाचन, १५ औं महाधिवेशन र युवाको भूमिका’ नाम दिएर हुन लागेको भेलाको आयोजकमा संयुक्त भ्रातृ संगठनहरूलाई राखिएको एक नेताले जानकारी दिए ।

भेलाको संयोजनको जिम्मा नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरूङलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?