News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाट अविष्मरणीय भएको बताउनुभयो।
- प्रचण्डले सञ्जय दत्तको फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा अभिनयको प्रशंसा गर्नुभएको छ।
- सञ्जय दत्तले विहिबार बेलुका खुमलटारमा प्रचण्डलाई भेट्नुभएको थियो।
काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताएका छन् । दत्तसँगको भेटको फोटो सेयर गर्दै उनले कुराकानी निकै रमाइलो भएको बताएका छन् ।
चर्चित बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा आफू दत्तको अभिनयको प्रशंसक रहेको उनले बताएका छन् ।
प्रचण्ड लेख्छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो । ‘मुन्ना भाई एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो । मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ ।’
दत्तले विहिबार बेलुका खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4