+
+
Shares

समानुपातिक सूचीबाट खुश्बु र सरस्वतीलाई हटाउन राप्रपामा दबाब, केन्द्रीय कार्यालयमा अनशन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी केही महिला नेतृहरूले समानुपातिक उम्मेदवार सूचीमा परिवारवाद र अवसरवाद अन्त्य गर्न माग गर्दै विरोध जनाएका छन्।
  • महिला नेतृहरूले पार्टी केन्द्रीय कार्यालयमा अनशन सुरु गरी सरस्वती लामा र खुश्बु ओलीको नाम सूचीबाट हटाउन दबाब दिएका छन्।
  • उनीहरूले परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग सो पार्टीका केही महिला नेतृहरूले आपत्ति जनाएका छन् ।

उनीहरूले शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा पुगेर सूची सच्याउन दबाब दिएका थिए ।

सो क्रममा केहीबेर उनीहरूबीच चर्काचर्की पनि भएको थियो ।

महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् । उनीहरूले कार्यालयमै अनशन समेत सुरु गरेको नेताहरूले बताएका छन् ।

समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको आरोप उनीहरूको छ ।

पार्टी उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा र केन्द्रीय सदस्य खुश्बु ओलीको नाम समानुपातिक सूचीबाट हटाउनुपर्ने माग उनीहरूले राखेका छन् ।

विज्ञप्तिमा परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेतृहरूले आपत्ति जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?