+
+
Shares

टोलटोलमा संगठन बनाइसकेँ, अब चुनाव लडेर सदनमै जाने हो : सुदन गुरुङ

‘संगठन त जेनजीको ७७ वटै जिल्लामा बनाइसकियो । हरेक वडामा पनि बनाइसकेँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १८:२०

२५ पुस, काठमाडौं । द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले आफू कुन पार्टीबाट चुनाव लड्ने भन्ने खुलाएका छैनन् । अनलाइनखबरसँगको कुराकानीमा पनि उनले अहिले आफूले चुनाव लड्ने मात्रै निर्णय गरेको सुनाए ।

‘आज मैले उम्मेदवारी घोषणा मात्रै गरेको हो । चुनाव लड्न भनेर यताबाट पनि उताबाट पनि प्रेसर आयो । नाइँ भनिरहेको थेँ तर, आज निर्णय गरेँ,’ उनले भने, ‘जेनजी आन्दोलनपछि मलाई मन्त्री बन भनेका पनि थिए । मैले हाम्ले आन्दोलन यसका लागि गरेको होइन भनेर त्यता लागिनँ । आज चुनावमा जाने नजाने भन्ने दोधार हटाएँ । सदनमै जान्छु भन्ने योजना बनाएँ ।’

गोरखा-१ त नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी)ले जितिरहेको ठाउँमा तपाईं संगठनबिना जित्नुहुन्छ त? भन्ने प्रश्नमा उनले भने, ‘उनीहरूको के छ थाहा भएन । संगठन त जेनजीको ७७ वटै जिल्लामा बनाइसकियो । हरेक वडामा पनि बनाइसकेँ । पहिल्यै मेरो संगठन पनि थियो अहिले पछिल्लो तीन महिनामा झन बलियो भएको छ ।’

सुदनको गृह जिल्ला पनि गोरखा हो । उनको गाउँ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?