+
+
Shares

गोरखा-१ बाट चुनाव लड्छु : सुदन गुरुङ

हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १७:२१

२५ पुस, काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले चुनाव लड्ने घोषणा गरेका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’

भदौ २३ र २४ गतेको आन्दोलनमा पनि सहभागी भएका उनी केही समयअघि गोरखा गएका थिए । उनको नागरिकतालगायतको विषयमा सार्वजनिक रुपमै प्रश्न उठेपछि उनी आफ्नो जन्म गाउँ गोरखाको चुमनुब्री पुगेर स्थानीयहरूसँग भेटेर फर्किएका थिए । त्यहाँ उनले आफ्नो नागरिकता छानबिन गरिपाउँ भनेर निवेदनसमेत दिएका थिए ।

जेनजी आन्दोलनपछि सरकार गठनको विषयमा पनि उनी प्रत्यक्ष संलग्न भएका थिए । पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच भएको एकतामा पनि संलग्न देखिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?