+
+
Shares

लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दी भयो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १३:३०

२६ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन, कुलमान घिसिङ लगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिहरूविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन् ।

उनले पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरू देश बनाउने नभइ विध्वंस पार्ने उद्देश्यले एक ठाउँमा आएको बताए ।

‘एक ठाउँमा उभिने प्रयास गरेका छन् । यो राम्रो मनसायले होइन । फरक मनसायले देश बर्बाद पार्ने मनसायले उभिएका छन्,’ अध्यक्ष ओलीले भने, ‘देश बनाउने लोकान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिँदैछ ।’

उनले कुनै सार्वजनिक जवाफदेहिता नभएकालेहरूले लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा गरेको उल्लेख गरे ।

‘कुनै अवतारी आएर कुनै समस्याको समाधान जादुअनुसार हुन्छ भन्ने भ्रम पारिएको छ,’ अध्यक्ष ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?