२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछिको अवस्था र आगामी रणनीति तय गर्न प्रतिनिधिसभाको निर्वाचनअघि नेशनल डायलग आयोजना गर्ने तयारी गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले जेनजी मुभमेन्टपछि राष्ट्रिय पुनर्निर्माणको विषयमा राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गर्न लागिएको बताएका हुन् ।
उनले यसका लागि आफूले तयारी गरिरहेको र सुझाव दिन पनि भनेका छन ।
‘ म पार्टीको विशेष महाधिवेशनको दौडादौडकै बीचमा केही मिस नहोस् भनेर यो छोटो भिडियो सन्देशमार्फत केही भन्दैछु । जेनजी मुभमेन्टले ब्युँताएको राजनीतिक दल र स्टेकहोल्डरबीच नेशनल लेभलको डायलग हुनुपर्छ भनेर केही दिनअघि पोस्ट गरेको थिएँ,’ उनले भनेका छन्, ‘त्यसमा केहीले सुझाव दिनु भएको छ । केहीले हामी पनि केही गर्न सक्छौँ भनेर सोध्नु भएको छ । म केही सिक्न पनि चाहन्छु । केही आइडिया दिनु भयो भने म मेरो विशेष महाधिवेशनको दौडादौड सकेर त्यसलाई हेर्छु।’
उनले एउटा फर्म सार्वजनिक गर्दै आफूलाई सुझाव दिन चाहनेले दिन सक्ने पनि बताएका छन् ।
प्रतिक्रिया 4