+
+
Shares

यससाता धेरै हेरिने शीर्ष १० नेटफ्ल्क्सि श्रृंखलामा ‘स्ट्रेन्जर थिङ्स’ को दबदबा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्सको वेब सिरिज 'स्ट्रेन्जर थिङ्स ५' ले ७८ मुलुकमा ट्रेन्डिङको शीर्ष स्थानमा रहँदै ३ करोड १३ लाखभन्दा बढी पटक हेरिएको छ।
  • 'स्ट्रेन्जर थिङ्स ५' को कथावस्तु भेक्नालाई शिकार गर्न सबैजना एकजुट हुने विषयमा केन्द्रित छ।
  • यस साताको नेटफ्लिक्स टपटेनमा 'स्ट्रेन्जर थिङ्स' का पाँचवटा सिजनहरू शीर्ष स्थानहरूमा छन्।

काठमाडौं । नेटफ्ल्क्सिको बहुचर्चित वेब-सिरिज ‘स्ट्रेन्जर थिङ्स ५’ ले प्लाटफर्ममा कीर्तिमान रचेको रच्यै छ । यस सातापनि यो श्रृंखला प्लाटफर्ममा धेरै हेरिने टपटेनको शीर्ष स्थानमा छ ।

७८ मुलुकमा ट्रेन्डिङको शीर्षस्थानमा रहेको यो श्रृंखलालाई पछिल्लो सातामात्रै ३ करोड १३ लाखभन्दा धेरैपटक हेरिएको छ । यो भनेको ३ करोड २५ लाख घण्टा समयावधि हो ।

अमेरिका, अर्जेन्टिना, बोलिभिया, ब्राजिल, बहमास, क्यानडा, चिली, कोलम्बिया, कोस्टारिका, डोमिनिक रिपब्लिक, इक्वेडर, ग्वाटेमाला, होन्डुरस, जमैका, मेक्सिको, निकारागुवा, पनामा, पेरु, एल साल्भाडोर, ट्रिनिडाड एन्ड टोबागो, उरुग्वे र भेनेजुएलामा ट्रेन्डिङको शीर्षस्थानमा छ ।

पाँचौ सिजनको कथावस्तु भेक्नालाई शिकार गर्न र मार्न सबैजना एकजुट हुने कुरामा केन्द्रित छ ।

सूचीको दोस्रो स्थानमा ‘रन अवे : लिमिटेड सिरिज’ छ । आफ्नी भागेकी छोरीलाई खोजिरहेको एक हताश बुबा हत्याको मुद्दामा फस्छ र आफ्नो परिवारलाई सधैंको लागि नष्ट गर्न सक्ने गोप्य कुराहरू फेला पार्छ ।

तेस्रो स्थानमा स्वभाविकरुपमा ‘स्ट्रेन्जर थिङ्स’ को पहिलो सिजन छ । स्वभाविक यसर्थ कि हरेक प्रतीक्षित फिल्म र श्रृंखला आउँदा प्लाटफर्ममा अघिल्लो पटकका संस्करणलाई दर्शकले पुनः हेर्ने गरेको इतिहास छ । यो सिरिजको मामिलामा पनि यही भयो ।

चौंथो स्थानमा ‘एमिली इन पेरिस’ को पाँचौ सिजन छ । यो श्रृंखला ८७ मुलुकमा टपटेनमा समावेश छ । एमिली सामु प्रेम, करियर र वफादारी एकैपटक आउँछन्, तीमध्ये उनले एकलाई अघि बढाउनुपर्छ ।

‘स्ट्रेन्जर थिङ्स’ को दोस्रो सिजन पाँचौ स्थानमा छ । ‘ रिकी गेर्भेइस : मोर्टालिटी’ छैटौं स्थानमा छ । सातौं स्थानमा ‘स्ट्रेन्जर थिङ्स’ को तेस्रो सिजन छ । आठौंमा पनि ‘स्ट्रेन्जर थिङ्स’ को चौंथो सिजन छ ।

नवौं स्थानमा म्यान भर्सेस बेबीको पहिलो सिजन छ । दशौंमा ‘डेभ च्यापेल : द अनस्टपेबल…’ छ । सूची हेर्दा नेटफ्ल्क्सिमा यससाता धेरै हेरिने सिरिजमा ‘स्ट्रेन्जर थिङ्स’ को दबदबा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?