+
+
Shares
हलिउड :

‘वार्नर ब्रदर्स’ किन्न प्यारामाउन्टको १०८ अर्ब डलरको ‘काउन्टर अफर’, नेटफ्ल्क्सिसँगको सम्झौता खतरामा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्सले ८२.७ अर्ब डलरमा वार्नर ब्रदर्स किन्ने सम्झौता गरेको छ, जसलाई राष्ट्रपति ट्रम्प र हलिउड संघसंस्थाले विरोध गरिरहेका छन्।
  • प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्सको लागि १०८ अर्ब डलरको शत्रुतापूर्ण प्रस्ताव राखेको छ, जुन नेटफ्लिक्सको प्रस्तावभन्दा १८ बिलियन डलर बढी हो।
  • वार्नर ब्रदर्स विक्रीको लडाइ अझै चर्किने देखिएको छ र राष्ट्रपति ट्रम्पले व्यक्तिगत हस्तक्षेप गर्ने संकेत दिएका छन्।

लस एन्जलस । हलिउडमा प्रभुत्वको लडाई चर्किएको छ । सय वर्ष पुरानो र विश्वकै सबैभन्दा ठूलो फिल्म स्टुडियो खरिद गर्नको लागि अन्य ठूला स्टुडियो लडाइमा होमिएका छन् ।

केही दिनअघि नेटफ्ल्क्सिले ८२.७ अर्ब डलरमा वार्नर ब्रदर्स किन्ने सम्झौताको घोषणा गरेको थियो । सम्झौताको मसी नसुक्दै राष्ट्रपति डोनल्ड ट्रम्प मात्र होइन, हलिउडका सबै संघसंस्थादेखि व्यवसायिक कम्पनी पनि विरोधमा छन् ।

विदेशबाट समेत विरोधका आवाज आउन थालेका छन् । विरोध यति चर्किन थाल्यो कि राष्ट्रपति ट्रम्पले नेटफ्ल्क्सिको पोल्टामा वार्नर ब्रदर्स जाने हो भने भविष्यमा संकट आउन सक्ने भन्दै आफूले व्यक्तिगत हस्तक्षेप गर्ने सार्वजनिक अभिव्यक्ति दिए ।

यो सबथोकबीच, अब नेट्फिल्क्स र वार्नर ब्रदर्सको सम्झौता खतरामा परेको अनुमान गरिएको छ ।

स्टुडियो किन्न कस्सिएको अर्को हलिउड कम्पनी प्यारामाउन्ट स्काइडान्सले त १०८ अर्ब डलरको शत्रुतापूर्ण प्रस्ताव नै राखेको छ । यसपछि वार्नर ब्रदर्स विक्रीको यो लडाइ अझै चर्किने देखिएको छ ।

नेटफ्ल्क्सिले वार्नर ब्रदर्स किन्ने सम्झौताको घोषणा गरेको लगत्तै प्यारामाउन्टको उक्त प्रस्ताव आएको हो । सोमबार अबेर राती प्यारामाउन्ट सीइओ डेभिड एलिसनले उक्त प्रस्ताव राख्दै आफूहरूले सुरु गरेको कुरालाई पूरा गर्ने बताए ।

प्यारामाउन्टले प्रति शेयर ३० डलर नगद सेयर होल्डरलाई दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेटफ्ल्क्सिसँगको सम्झौताभन्दा १८ बिलियन डलरले उच्च रहेको जनाइएको छ ।

प्यारामाउन्टले सम्पूर्ण वार्नर ब्रदर्स कम्पनी अन्तर्गतका कुरामा बोली लगाइरहेको छ, जबकि नेटफ्लिक्सको कम्पनीसँगको सम्झौतामा यसको हलिउड स्टुडियो र स्ट्रिमिङ व्यवसाय मात्र समावेश छ ।

अद्यावधिक…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?