News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्ने प्रस्ताव गरेका छन्।
- शर्माले पार्टीको विशेष अधिवेशनमा देश र पार्टी दुवै असफल हुने भएकाले २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने नीति लागू गर्नुपर्ने बताए।
- उनले मुलुकको अस्थिरता हटाएर स्थिरता ल्याउन कांग्रेसले अग्रसरता लिनुपर्ने र समन्यायिक विकासका लागि बजेट विनियोजन गर्नुपर्ने पनि उल्लेख गरे।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उनले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रस्ताव गरेको जानकारी गराए ।
‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने डेढ दशकयता हामीेले निरन्तर यो अभ्यास गर्दै आयौं । विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उद्घोष गर्दछ– नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि २ पटक भन्दा बढी प्रधानमन्त्री बन्ने छैनन्,’ उनले प्रस्ताव पढ्दै भनेका छन् ।
महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली कांग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताए ।
महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणा अन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताए ।
‘२ पटक मात्रै प्रधानमन्त्री बन्ने यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ । देशलाई स्थिरतातर्फ लैजान नीति गत पहल गर्दछौं,’ उनले भने ।
प्रतिक्रिया 4