News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन २८ पुस काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
- महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन्।
- प्रतिवेदनपछि ७ वटा समूहमा समसामयिक र सांगठनिक प्रस्तावमा छलफल हुनेछ।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी विषेश महाधिवेशनमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।
उनीहरूले पेश गरेको प्रतिवेदनमा आजै छुट्टाछुट्टै समूहगत छलफल हुनेछ । आयोजकहरूले बन्दसत्र हलमा बताए अनुसार, विभिन्न ७ वटा समूहमा केहीबेरपछि छलफल थालिनेछ ।
महामन्त्री थापाले समसामयिक राजनीतिक प्रस्ताव र शर्माले सांगठनिक प्रस्ताव पेश गरेका थिए ।
नेताहरूका अनुसार, अब खाना खाने क्रम केहीबेर चल्नेछ । त्यसपछि छलफलमा जुट्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4