+
+
Shares

विशेष महाधिवेशनको पक्षमा खुले लुम्बिनीका प्रदेश सांसद खड्का

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य अनुराज खड्काले विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।
  • अनुराज खड्का दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।
  • सभापति शेरबहादुर देउवासहितको असहमतिबीच कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेका अनुराज खड्का विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

उनी कांग्रेस नेता समेत रहेका खुम बहादुर खड्काका छोरा पनि हुन् । उनी गत निर्वाचनमा दाङ क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको हलमा पुगेर उनी खुलेका हुन् ।

सभापति शेरबहादुर देउवासहितको असहमतिबीच विशेष महाधिवेशन जारी छ ।

जारी बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईवटा प्रतिवेदन पेश गरेका छन् ।

उनीहरूले पेश गरेको प्रतिवेदनमाथि केहीबेरपछि समूहगत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?