+
+
Shares

विधिकै माध्यमबाट मध्यरातपछि नयाँ नेतृत्व चुनेका छौं : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १:४७

१ माघ, काठमाडौं । विशेष महाधिवेशनको हलबाट नेपाली कांग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् ।

उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश संविधानले चल्ने र पार्टी विधानले चल्ने बताउँदै संविधान र विधान नचल्दा देश र पार्टी दुवैमा बेथिति हुने बताए ।

‘विमतिको बिचबाट तर विधिको माध्यमबाट हामी यो मध्यरातपछि नयाँ नेतृत्व चुनिरहेका छौं,’ शर्माले भने, ‘देश संविधानले चल्छ, देशले संविधानको बाटो छाड्यो भने बेथितिमा पुग्छ । पार्टीले विधानको बाटो छाड्यो भने पार्टी पनि अप्ठेरोमा पर्छ ।’

उनले यो अधिवेशन विधिबाटै टुंगिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?