News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको बताएका छन्।
- अध्यक्ष ओलीले भने, 'आज पनि ज्यान जोखिममा छ, मुद्दा लगाउँछु, भरे लगाउँछु भनिरहेकै छन्।'
- उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेहरु गर्वका साथ हिँडिरहेको बताए र त्यागको भावना आवश्यक रहेको उल्लेख गर्नुभयो।
१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘आज पनि ज्यान जोखिममा छ । अहिले मुद्दा लगाउँछु, भरे लगाउँछु भनिरहेकै छन् । खोजीखोजी घरमा आगो लगाइरहेकै छन् । अहिले सजिलो छ र ?,’ उनले भने, ‘एमाले भयो भने घरमा आगो लगाउँछु भनेका छैन, आगो लगाएका छन् । अहिले पनि सजिलो छैन ।’
उनले आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेहरु गर्वका साथ हिँडिरहेको बताए ।
उनले हिजोजस्तै आज पनि नेतृत्वमा त्यागको भावना रहेको बताए । बिना त्याग संसार बदल्न नसकिने अध्यक्ष ओलीको भनाइ छ ।
‘हिजो पनि थियो, आज पनि त्यागको भावना छ । बिना त्याग संसार परिवर्तन हुँदैन । मेहनत, बलिदान, निष्ठा चाहिन्छ । आदर्श र उद्देश्यहरूप्रति हिजो पनि निष्ठा थियो, आज पनि छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4