+
+
Shares

देउवा पक्षले भन्यो– गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र  

शुक्रबार निर्वाचन आयोग पुगेका कांग्रेस कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको कांग्रेस आधिकारिका लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते ११:२२
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आधिकारिक आफूहरु भएको दाबी गर्दै कागजपत्र निर्वाचन आयोगमा बुझाएका छन् ।

२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको कांग्रेस आधिकारिका लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका हुन् ।

‘नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको हामीले गरेको परिवर्तनमाथि जुनखालको गम्भीर षडयन्त्रका संकेतहरू देखिन थालेका छन्,’ उनले भने, ‘त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं ।’

उनले केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति तोकिएकै दिन विशेष महाधिवेशनको माग गर्दै परेको निवेदनको औचित्य समाप्त भइसकेको दाबीसमेत गरे ।

कार्यवाहक सभापति खड्काले १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति नै कांग्रेसको आधिकारिक भएको जिकिर पनि गरे ।

उनले आधिकारिकता दाबी गर्दै कागजातहरु कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?