News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट नेताहरुको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएका छन्।
- निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता दिएपछि कोइरालाले समूहमा छलफल गर्न बैठक बोलाएका हुन्।
- बैठकमा कोइराला, धनराज गुरुङ, जीवन परियार, सञ्जय गौतम, मोरङका डिगबहादुर लिम्बु, धादिङका रामनाथ अधिकारी लगायत नेताहरु सहभागी छन्।
४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट नेताहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षीय नेताहरुको बैठक जारी रहेको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता दिएपछि आफ्नो समूहमा छलफल गर्न कोइरालाले नेताहरुको बैठक बोलाएका हुन् । बैठकमा नेताहरु कोइराला, धनराज गुरुङ, जीवन परियार, सञ्जय गौतम, दिनेश कोइराला, दिपक गिरी लगायत सहभागी छन् ।
साथै, जिल्ला सभापतिहरुमा मोरङका डिगबहादुर लिम्बू, धादिङका सभापति रामनाथ अधिकारी लगायत सहभागी छन् । नेता कृष्णप्रसाद सिटौला निकट कोशीका सभापति उद्धव थापा पनि बैठकमा सहभागी छन् ।
केहीबेर अघिदेखि सुरु भएको बैठकमा नेताहरु बोल्ने क्रम जारी रहेको सहभागी एक नेताले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4