+
+
Shares

वीर अस्पतालको आकस्मिक कक्ष विस्तार

आकस्मिक सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन समेत गरिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १८:०९

४ माघ, काठमाडौं । वीर अस्पतालले आकस्मिक कक्ष विस्तार गरेको छ । यसअघि ३५ बेडबाट सेवा सञ्चालन भएको थियो । एकै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो । आइतबारबाट बेड थप ५५ बेडबाट सेवा सुरु गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले आकस्मिक कक्षको ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

बाँकी संरचना निर्माणपछि थप २० बेड थपिने र इमर्जेन्सी सेवा ७५ बेड क्षमतामा विस्तार हुने उनले बताए ।

उनले आकस्मिक कक्षको ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । बाँकी संरचना निर्माणपछि अरू २० बेड पनि थपेर इमर्जेन्सी सेवा ७५ बेड क्षमतामा विस्तार हुने उनले बताए ।

‘इमर्जेन्सी सेवा पूर्ण रूपमा बन्द गर्न नमिल्ने भएकाले चरणबद्ध रूपमा सारेर विस्तार गरिएको हो,’ डा. बस्नेतले अनलाइनखबरसँग भने, ‘नयाँ संरचना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार रेड, ग्रिन, एल्लो र ब्ल्याक जोनको अवधारणामा आधारित हुनेछ ।’

आकस्मिक सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन समेत गरिएको छ ।

पाँच जना एमडी जीपी चिकित्सकका लागि विज्ञापन खुला गरिएको र १० जना मेडिकल अफिसर कार्यरत भइसकेका छन् ।

नयाँ आकस्मिक कक्षमा आधुनिक मोनिटरिङ प्रणाली, अक्सिजन पाइपलाइन र सफा तथा व्यवस्थित संरचना तयार गरिएको छ ।

‘पहिले एउटै बेडमा तीन जना बिरामी राख्नुपर्ने अवस्था रहेकोमा अब एक बेडमा एक बिरामी राख्न कोसिस गर्छौं,’ डा. बस्नेत भन्छन्, ‘बेड संख्या ३५ बाट ७५ पुग्दा इमर्जेन्सी सेवाको क्षमता दोब्बर भन्दा बढी वृद्धि हुने र बिरामी फर्किनुपर्ने समस्या न्यून हुने अपेक्षा छ ।’

उपकुलपति बस्नेतका अनुसार वीर अस्पतालको व्यवस्थापनले तीन मुख्य प्राथमिकतामा काम गरिरहेको छ ।

‘अहिले आईसीयू सेवालाई अहिले एचडीयूसहित १०० बेडभन्दा बढीमा विस्तार गरिएको छ,’ डा. बस्नेतले भने, ‘आईसीयू नपाएर बिरामी महँगो निजी अस्पताल जानुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य हो ।’

त्यस्तै, अप्रेसन थिएटर सेवामा पनि सुधार गरिएको उनले बताए ।

पहिले ६ देखि ८ महिनासम्म अप्रेसनको पालो कुर्नुपर्ने अवस्थाबाट घटाएर हाल दुईदेखि तीन महिनाभित्र अप्रेसन गर्ने लक्ष्य लिइएको छ ।

अप्रेसन थिएटरका उपकरण र सञ्चालन क्षमतामा प्राथमिकताका साथ लगानी गरिएको उनले बताए ।

ओपीडी सेवा विस्तार गरिएको छ भने वार्ड संख्या पनि उल्लेख्य रूपमा बढाइएको छ । पहिले ४६० बेड रहेको वार्ड क्षमता थप ५०० बेड विस्तार भई हाल ९६० पुगेको छ ।

वीर अस्पतालमा इमर्जेन्सी, आईसीयू वा अप्रेसनका लागि आएका बिरामी उपचार नपाएर फर्किनुपर्ने अवस्था कम हुने डा. बस्नेतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?