४ माघ, काठमाडौं । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रबर अन्सारीले पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
अन्सारी केही दिन अगाडि रास्वपा प्रवेश गरिसकेका छन् । उनी बारा ४ बाट प्रतिनिधि सभा उम्मेदवार उठ्ने तयारी गरेका छन् ।
रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्वअध्यक्ष सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
उनले राजीनामा पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्तत: सत्ता र सुविधा चाहेकाहरू, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4