+
+
Shares

घमण्ड त्यागेर चुनावमा जाऔं, कांग्रेस जोगाऔं : मीन विश्वकर्मा

‘आधामा शेरबहादुरले गर्नुभयो, अब आधामा गगनले हस्ताक्षर गर्नुहुन्छ,’ मीन विश्वकर्माले भनेका छन्, ‘पार्टी रक्षाको लागि सबैले घमण्ड त्यागौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता मीन विश्वकर्माले नेपाली कांग्रेसका सबै नेतालाई घमण्ड त्यागेर एकताबद्ध भएर आगामी निर्वाचनमा जान आग्रह गर्नुभएको छ।
  • उहाँले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा र चौधौं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाबीच सहमतिले पार्टीलाई सफलता दिलाउन सक्ने बताउनुभएको छ।
  • विश्वकर्माले देउवा, थापा, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई घेराबन्दीबाट बाहिर निस्कन र साझा उम्मेदवार चयन गरी पार्टी एकताबद्ध हुन आग्रह गर्नुभएको छ।

४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले घमण्ड त्यागेर एकताबद्ध भई निर्वाचनमा जान पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

पार्टी जोगाउन सबै नेताहरूलाई एकताबद्ध हुनुको विकल्प नभएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले घेराबन्दीबाट बाहिर निस्कन शेरबहादुर देउवा, गगनकुमार थापा, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई आग्रह गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा र १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाबीचको सहमतिले कांग्रेसलाई आगामी निर्वाचनमा सफलता दिलाउन सक्ने उनले उल्लेख गरेका छन् ।

सबैको साझा सहमति, प्रयास र साझा उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्ने भन्दै नेता विश्वकर्माले विवाद निर्वाचन आयोग हुँदै अदालत पुगिसकेकाले झगडा छोडी परिणाम स्वीकार्न तयार हुनु पर्ने र घमण्ड त्यागी पार्टीमा एकाकार हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले भनेका छन्, ‘विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय,  न चौधौ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सबैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छन् ।’

नेता विश्वकर्माले २४ भदौमा ज्यानका लागि घर छोड्न तयार भएजस्तै आज पार्टीका लागि घमण्ड त्याग्न तयार हुनुपर्ने जिकिर गरेका छन् ।

‘हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ,’ उनले लेखेका छन्, ‘हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नुभयो । बाँकीमा अब गगनले गर्नुहुन्छ । सबैको सहमतिमा उम्मेदवार चयन गरौं । उत्साहका साथ कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔं ।’

शेरबहादुर देउवा, गगनकुमार थापा, पूर्णबहादुर खड्का, शेखर कोइराला सबैलाई घेराबन्दीबाट बाहिर निस्किएर एकताबद्ध हुन आग्रह गरेका छन् ।

‘देउवा, गगन, पूर्णबहादुर, शेखर एकठाउँमा बस्नुस् । घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस्,’ उनले लेखेका छन्, ‘बीपी, सुवर्ण, गणेशमान, किसुनजीले बनाएको, गिरिजाप्रसाद, सुशील र शेरबहादुरले हाँकेको ऐतिहासिक पार्टीकासाथीहरूले उत्साह, उमंग र एकताका साथ भन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?