+
+
Shares

पूर्वमन्त्री यादव एमाले प्रवेश

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादव जसपा नेपाल पनि त्यागेर एमाले प्रवेश गरेका हुन् । उनी पुनः प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते ६:३०

५ माघ, काठमाडौं । पूर्व मन्त्री एवम् जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन् । उनी गएराति एमाले प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्यकर्ताहरू समेत एमाले प्रवेश गरेका हुन् ।

यादव, ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि ओलीसँगै सत्याच्युत भएका थिए ।

जेनजी आन्दोलनपछि यादव अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्य थिए ।

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादव जसपा नेपाल पनि त्यागेर एमाले प्रवेश गरेका हुन् ।

उनी पुनः पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् ।

स्रोतका अनुसार ओलीले टिकट दिने वचन पनि दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?