+
+
Shares

बालेन सरकारको सदस्य बन्न चाहन्छु, मलाई जिताउनुस् : मनिष झा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार घोषणा गरेका छन्।
  • उनले बालेन नेतृत्वमा बन्ने सरकारको सदस्य बन्न चाहेकाले आफूलाई विजयी गराउन आग्रह गरे।
  • उनले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने र जनकपुरलाई अध्यात्मको राजधानी बनाउने प्रतिबद्धता जनाए।

५ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार घोषणा गरेका छन् ।

जनकपुरधाममा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले बालेन नेतृत्वमा बन्ने सरकारको सदस्य बन्न चाहेकाले आफूलाई विजयी गराउन आग्रह गरे ।

‘म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एकजना सदस्यको रूपमा रहन चाहन्छु । त्यसका लागि तपाईंहरूले मलाई मत दिनुपर्छ, मन दिनुपर्छ, सहयोग गर्नुपर्छ,’ उनले भने ।

आफू निर्वाचित भए जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने, अयोध्यादेखि जनकपुर जोडिने भन्दै उनले जनकपुुरलाई अध्यात्मको राजधानीको रूपमा विश्वभर परिचित गराउने प्रतिबद्धता जनाए ।

उनले युवाहरूका लागि रामजानकी रंगशाला निर्माण गर्ने, सुशासन र सार्वजनिक सेवा वृद्धिमा काम गर्ने बताए ।

प्रवक्ता तथा उम्मेदवार झाले रास्वपासँग १०, १५ र २० वर्षमा कहाँ पुग्ने भन्ने योजना रहेको भन्दै त्यही योजनालाई हेरेर मत दिन आग्रह गरे ।

उनले अमरेशकुमार सिंहको नेतृत्वमा मधेशमा परिवर्तन गरेर देखाउने बाचा गरे ।

‘एकपटक मौका दिनुस्, एक हजार आठ सय २५ दिनपछि अरु अर्को चुनावमा एकपटक मौका दिनुस् भनेर याचना लिएर आउनेछन्, हामी हामी रिपोर्ट कार्ड लिएर आउनेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?