News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले कांग्रेस उपसभापति विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको निन्दा गरेका छन्।
- कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर कार्यकर्तासँग निधि नोकझोकमा परेका थिए।
- झाले नेतृत्वमा नयाँ पुस्ताको दाबी स्वाभाविक भएपनि पुराना पुस्ताप्रति सम्मान कायम राख्नुपर्ने बताएका छन्।
२२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि मंगलबार दुर्व्यवहार भएको भन्दै निन्दा गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले प्रदर्शन गरिरहँदा उपसभापति निधिसँग नोकझोक भएको थियो ।
उक्त घटनापछि सामाजिक सञ्जालमा लेख्दै रास्वपा प्रवक्ता झाले नेतृत्वमा नयाँ पुस्ताले दाबी गर्नु स्वाभाविक भएपनि पुराना पुस्ताका नेताप्रति सम्मान कायम राख्नुपर्ने बताएका छन् ।
०७९ सालमा कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका झाले लेखेका छन्, ‘नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो तर पुरानो पुस्ता प्रति सम्मान यथावत् रहनुपर्छ । तसर्थ आज ललितपुर सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस नेता विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार निन्दनीय छ । म खेद व्यक्त गर्दछु ।’
निधि र झा दुवै धनुषाका स्थायी बासिन्दा हुन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता निधि लड्दै आएको धनुषा क्षेत्र नम्बर ३ मा झाले पनि आकांक्षा देखाएका थिए । तर, कांग्रेसले टिकट वितरणमा पैसा मागेको आरोप लगाउँदै झाले रास्वपा रोजेका थिए । रास्वपा प्रवेशपछि भने झा समानुपातिकतर्फबाट सांसद बनेका थिए ।
प्रतिक्रिया 4