News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँमा ६ माघ बिहान ९ बजे शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा गोरखा ताकुकोटका ४३ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।
- ट्रिपर निर्माणाधीन लालध्वज मोटरमार्गको लागि सामग्री बोकेर उकालो घुम्तीमा ब्याक गर्दा ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए।
६ माघ, तनहुँ । तनहुँमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुत्यु हुनेमा गोरखा ताकुकोटका ४३ वर्षीय रामबहादुर गुरुङ छन् ।
शुक्लागण्डकी नगरपालिका– २ कोत्रेबाट थप्रेकतर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको ग १ क ६४८५ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।
शुक्लागण्डकी १ बतासेडाँडामा बिहान ९ बजे दुर्घटना भएको वडा सदस्य लक्ष्मीदेवि भण्डारीले बताइन् ।
निर्माणाधीन लालध्वज मोटरमार्गको लागि निर्माण सामाग्री बोकेर गएको ट्रिपर उकालो घुम्तीमा ब्याक गर्दा ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4