+
+
Shares

‘द्रौपदी’ बन्यो न्यूयोर्कको फेस्टिभलमा उत्कृष्ट दक्षिण एसियाली फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म 'द्रौपदी' ले अमेरिकाको न्यूयोर्कमा आयोजित 'द स्टोरी टेलर युनिभर्स फिल्म फेस्टिभल' मा उत्कृष्ट दक्षिण एसियाली चलचित्रको पुरस्कार प्राप्त गरेको छ।
  • निर्देशक ऋषिराज आचार्यले अवार्ड ग्रहण गरेका छन् र फिल्मले अहिलेसम्म ९ वटा अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको छ।
  • फिल्मले कर्णालीको महिला हिंसा र न्यायको कथा प्रस्तुत गर्दै नेपाली कला संस्कृति र सुन्दर दृश्यहरू समेटेको छ।

काठमाडौं । नेपाली फिल्म ‘द्रौपदी’ ले अमेरिकाको न्यूयोर्कमा आयोजित ‘द स्टोरी टेलर युनिभर्स फिल्म फेस्टिभल’ मा उत्कृष्ट दक्षिण एसियाली चलचित्रको पुरस्कार प्राप्त गरेको छ ।

आरबी मूभिजको प्रस्तुतिमा ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्मले अन्य केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत पुरस्कार प्राप्त गरेको छ । अमेरिका भ्रमणमा रहेका निर्देशक आचार्यले अवार्ड ग्रहण गरे ।

फिल्ममा आचार्यसहित रवि ओड, कविराज भाम, सीता पौडेल, सुवास ठडराई, सुजाता तिमल्सिनाको शीर्ष भूमिका छ । फिल्मले दुर्गम कर्णालीको महिला हिंसा र न्यायको बारेमा कथा पेश गर्छ ।

यसैवर्ष हलमा रिलिज भएको फिल्मले दर्शकबाट सकारात्मक समीक्षा समेत प्राप्त गरेको थियो । यो फिल्म अहिलेसम्म ९ वटा अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको जानकारी निर्देशक आचार्यले दिए ।

यो फिल्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’ का विजेता समेत रहेका ओडको डेब्यू कथानक हो । ओडसहित इन्द्रकला राईले पनि गीत गाएका छन् ।

नारी संवेदनशिलताको कथावस्तुमा आधारित फिल्ममा नेपाली कला संस्कृति झल्किने तथा कर्णालीका सुन्दर दृश्य समेटिएको छ । विदेशमा बस्ने नेपालीलाई यो फिल्म झनै मनपर्ने निर्देशक आचार्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?