+
+
Shares

मकवानपुरमा नेकपा विजय गौतम र लवशेर विष्टको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको १ र २ नम्बर क्षेत्रका लागि नेकपाका उम्मेदवार विजय गौतम र लवशेर विष्टले मनोनयन दर्ता गराएका छन्।
  • गौतम र विष्ट दुवै पूर्वमाओवादी नेता हुन् र प्रतिनिधिसभा निर्वाचनमा नयाँ अनुहारका रूपमा सहभागी भएका छन्।
  • गौतम विद्यार्थी राजनीतिबाट आएका युवा उम्मेदवार हुन् भने विष्ट २०७४ को स्थानीय तह निर्वाचनबाट थाहा नगरपालिकाका मेयर निर्वाचित भएका थिए।

६ माघ, हेटौंडा । मकवानपुरको १ र २ नम्बर क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१०, स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १ नम्बर क्षेत्रका उम्मेदवार विजय गौतम र २ नम्बर क्षेत्रका उम्मेदवार लवशेर विष्टले मनोनयन दर्ता गराएका हुन् ।

गौतम र विष्ट दुवै पूर्वमाओवादी नेता हुन् । प्रतिनिधिसभा निर्वाचनमा गौतम र विष्ट दुवै नयाँ अनुहार हुन् ।

विद्यार्थी राजनीतिबाट आएका विजय युवा उम्मेदवार हुन् । उनी पहिलोपटक निर्वाचनमा सहभागी हुँदैछन् । मकवानपुरको पूर्वी क्षेत्रमा उनको बलियो पकट रहेको मानिन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनबाट थाहा नगरपालिकाको मेयरमा निर्वाचित विष्ट क्षेत्र नम्बर २ मा बलियो उम्मेदवारको रूपमो हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?