News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता स्थलमा सौहार्द्धपूर्ण भेटघाट गरे।
- मनोनयन स्थलमा दुवै नेताबीच हाँसो ठट्टा र शुभकामना आदानप्रदान भयो र फोटो खिच्दै आपसी सद्भाव देखियो।
- दुवै पक्षले चुनावलाई सभ्य, निष्पक्ष र सौहार्द्धपूर्ण वातावरणमा लड्ने प्रतिबद्धता जनाएका छन्।
६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गा पुगेका नेकपा एमालेका नेता सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलबीच सौहार्द्धपूर्ण भेटघाट देखियो।
मनोनयन स्थलमा दुवै नेताबीच हाँसो ठट्टा र शुभकामना आदानप्रदान भयो। उम्मेदवारहरू तथा उपस्थित नेताहरूले आपसी सद्भाव झल्किने गरी फोटो खिच्दै एकअर्कालाई शुभकामना दिएका थिए।
दुवै पक्षले चुनावलाई सभ्य, निष्पक्ष र सौहाद्र्धपूर्ण वातावरणमा लड्ने प्रतिबद्धता जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4