+
+
Shares

प्युठानमा १४ जनाको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
  • जिल्लामा क्रियाशील १४ वटा राजनीतिक दल एकल चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेछन्, मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताए।
  • विगतका निर्वाचनमा गठबन्धनको अभ्यास भए पनि यसपालि सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्।

६ माघ, प्युठान । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्युठानमा १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार जिल्लामा क्रियाशील १४ वटा राजनीतिक दल एकल चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने छन् । ‘प्युठानमा चुनावको उत्साह देखिएको छ, सौहाद्र्धपूर्ण वातावरणमा दलहरूले मनोनयन दर्ता गरेका छन्’ उनले भने ।

उनका अनुसार नेकपा (एमाले)बाट सूर्यबहादुर थापा क्षेत्री, नेपाली कांग्रेसबाट डा. गोबिन्दराज पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुसान्त वैदिक, राष्ट्रिय जनमोर्चाबाट तिलक जी.सी., नेकपा (माओवादी केन्द्र)बाट सीता विक (सम्झना), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनेश्वर पण्डित लगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

विगतका निर्वाचनमा गठबन्धनको अभ्यास हुँदै आएको यस जिल्लामा यसपालि भने सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धन उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन्। २०७९ सालको निर्वाचनमा एमाले नेता सूर्य थापाले जित निकाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?