News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ९ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
- नेकपा, नेपाली काँग्रेस, नेकपा एमाले लगायत दलका उम्मेदवारहरूबीच धन बहादुर बुढा, कर्ण बहादुर बुढा र लंकबहादुर रोकायाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
- निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारहरू चुनावी प्रचारमा सक्रिय हुनेछन्।
६ माघ, डोल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोल्पामा एक स्वतन्त्र उम्मेदवारसहित ९ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधि सभा एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र मितेरी नेपाल पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
निकै प्रतिस्पर्धात्मक र चासोका साथ हेरिएको यो क्षेत्रमा नेकपाबाट धन बहादुर बुढा, नेपाली काँग्रेसबाट कर्ण बहादुर बुढा, नेकपा एमालेबाट लंकबहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरी प्रसाद डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा तथा उज्यालो नेपाल पार्टीबाट दिल बहादुर विष्टले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन् । यो क्षेत्रमा लगातार जित्दै आएको नेकपाका धन बहादुर उनका सहोदर दाई कांग्रेसका कर्ण बहादुर र एमालेका लंक बीच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा सक्रिय हुनेछन् । एकै घरका दुई भाइ निर्वाचनमा उम्मेदवारको रूपमा होमिदा डोल्पामा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया 4