+
+
Shares

शेरबहादुरले खोसेको टिकट गगनबाट लिएर चुनावी मैदानमा मीनेन्द्र

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजाल मोरङ-२ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन् । आगामी निर्वाचनका लागि कांग्रेसका तर्फबाट उनले मोरङ– २ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १९:२१

६ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजाल मोरङ-२ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन् । आगामी निर्वाचनका लागि कांग्रेसका तर्फबाट उनले मोरङ– २ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र समीकरणमा आएको फेरबदलमा रिजालले टिकट हात पारे । २०७९ सालको निर्वाचनमा सभापति शेरबहादुर देउवाले उनलाई टिकट दिएनन् । त्यसबेला सुजाता कोइरालालाई उम्मेदवार बनाएका थिए ।

तर, तत्कालीन निर्वाचनमा कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भइन् । यसपटक सुजाता दाबेदार नै नहुँदा डा. शेखर कोइराला समूहमा रहेका रिजालले अन्तिम समयमा टिकट पाए । उनी संविधानसभा सदस्य पनि हुन् ।

नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सञ्चालन गर्दा रिजाल विपक्षमा थिए । शेखर कोइरालाको समूहमा रहेका उनी देउवा समूहबाट गगन–विश्वसँगको छलफलमा सहभागी भएका थिए ।

रिजालले सोमबार साझसम्म टिकट पाउने सम्भावना न्यून थियो । तर, शेखर कोइरालाको जोडबलमा उनले टिकट पाएर मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ मा रिजालसँग नेकपा एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई, रास्वपाबाट कृष्णकुमार कार्कीसहित १७ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस कोइराला समूहका डाक्टर सुनिल शर्माले टिकट पाएका छन् । उनी विशेष महाधिवेशन पक्षधर हुन् ।

नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डाक्टर देवेन्द्र सम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् । यो क्षेत्रमा ७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?