+
+
Shares

सिन्धुलीका दुई क्षेत्रमा २८ जनाको उम्मेदवारी दर्ता, बागी पनि पर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते २२:२८

६ माघ, काभ्रपलाञ्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिन्धुलीमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र सहित १२ जना र निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र सहित १६ जना गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ मा नेपाली काग्रेसबाट उज्वल प्रसाद बराल, नेकपा एमालेबाट प्रदिप कुमार कटुवाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डेकेन्द्र प्रसाद सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र बखुन्छे, मंगोल नेशनल अर्गनाईजेसनबाट सोम बहादुर घलान, श्रम संस्कृति पार्टीबाट निम बहादुर मोक्तान, राष्ट्रिय परिवर्तन पार्टीबाट सन्तोष कुमार सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम नारायण अधिकारी, नेकपा माक्सवादीबाट सुशील हमाल, उज्यालो नेपाल पार्टीबाट मोतिलाल तामाङ, र स्वतन्त्र अमृत बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट नेपाली काग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट मनोजजंग थापा र नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ दाहाल (राजन) ले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाईजेसनबाट शान्त विर लामा, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) बाट आसिस गजुरेल, श्रम संस्कृति पार्टीबाट इन्द्र बहादुर वि.क, मितेरी पार्टी नेपालबाट राजन अछामी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मुकुन्द प्रसाद गजुरेल, नेकपा (माओवादी) बाट बक्र बहादुर राई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट निर्मल कुमार स्याङतान र स्वतन्त्र माधव प्रसाद न्यौपाने, नरहरी पौडेलले उम्मेदवारी दिएका छन् ।

सिन्धुली २ मा कांग्रेस, एमाले र नेकपाबाट बागी

नेपाली काग्रेसले टिकट नदिए पछि खड्ग बहादुर वाईबाको बागि उम्मेदवारी दर्ता भएको छ । टिकट नपाएपछि वाइवाले सामाजिक सञ्जाल फेसबुकबाट कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दै स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा नेपाली काग्रेसबाट सुशीला थिङ उम्मेदवार छिन् ।

नेकपा एमालेबाट सरोज विकको उम्मेदवारी परेको छ । विक एमाले महाधिवेशन प्रतिनिधि हुन् । यो क्षेत्रमा नेकपा एमालेबाट मनोजजंग थापा उम्मेदवार  छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट बागी उम्मेदवारमा महेश्वर दाहालले मनोनयन गरेका छन । लेखनाथ दाहाललाई टिकट दिएको भन्दै असन्तुष्ट बनेको जिल्ला तहको नेतृत्वले पत्रकार  महेश्वर दाहाललाई बागी उम्मेदवार बनाएको थियो । महेश्वरको साथमा नेकपाका नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन र विनोद विक लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?