+

बुढासुब्बा गोल्डकप : उद्घाटन खेल धरान र भारतको जर्जियन एफसीबीच हुने

२०८२ माघ  ७ गते २०:४४ २०८२ माघ ७ गते २०:४४
बुढासुब्बा गोल्डकप : उद्घाटन खेल धरान र भारतको जर्जियन एफसीबीच हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान फुटबल क्लबले २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक गरेको छ।
  • माघ २२ गते धरान एफसी र भारतको जर्जियन एफसीबीच उद्घाटन खेल हुनेछ।
  • प्रतियोगितामा १० टोली सहभागी छन् र विजेताले नगद १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

७ माघ, काठमाडौं । २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक भएको छ ।

आयोजक धरान फुटबल क्लबले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार धरान एफसी र भारतको जर्जियन एफसीबीच माघ २२ गते उद्घाटन खेल हुनेछ ।

यस संस्करणमा कूल १० टोलीको सहभागिता छ । जसमा ए डिभिजनका ५ क्लब छन् भने भारत र भुटानको एक-एक टोली छन् ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ, उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार राशी हात पार्ने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पुरस्कार पाउनेछ ।

सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

बुढासुब्बा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय