+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

हातहतियार बुझाउन गोरखा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय गोरखाले माघ २० गतेभित्र इजाजत प्राप्त र अवैध हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन हातहतियार बुझाउन भनिएको बताए।
  • उनले भने, 'नबुझाए कानुनी कारबाही हुन्छ।'

८ माघ, गोरखा । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र अवैध रुपमा रहेका तथा इजाजत प्राप्त हातहतियारहरू प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न हातहतियार बुझाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी इकाइहरुमा हतियार बुझाउन भनेका छौ,’ उनले भने, ‘नबुझाए कानुनी कारबाही हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?