+
+
Shares

बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता

बर्दियामा तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १७:२७

९ माघ, बर्दिया । बर्दियामा तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाका निर्वाचनका उम्मेदवारी दर्ता गरेका तीन जना उम्मेदवारले उमेद्वरी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिनेमा बर्दिया क्षेत्र नं १ मा उम्मेदवारी दिएका प्रगतीशिल लोकतान्त्रिक पार्टीका उम्मेद्वार राजु रानाभाट रहेका छन् । भने क्षेत्र नं २ मा प्रगतीशिल लोकतान्त्रिक पार्टी कै उम्मेदवार नेत्रराज आचार्य र स्वतन्त्र उम्मेदवार नुतन कुमार चौधरीले उम्मेद्वारी फिर्ता लिएका छन् ।

त्यसैगरी आम जनता पार्टीका उम्मेदवार रामेश्वर चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीको नाम सरकारी निकायमा कालोसुचि रहेकोले उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नं २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी खारेजी र फिर्ता पछि बर्दिया क्षेत्र नं २ मा १५ जना उम्मेदवार विच प्रतिस्पर्धा हुने भएको छ । बर्दिया क्षेत्र नं १ मा एक जनाको उम्मेदवारी फिर्ता भएपछि २१ जना उम्मेद्वार विच प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?