+
+
Shares

एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीहरू नेकपा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्का र अन्य पदाधिकारीहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
  • काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए।
  • ओखलढुंगा एमालेमा टिकट विवादपछि उनीहरूले एमालेबाट राजीनामा दिएर नेकपामा प्रवेश गरेको र अम्बिरबाबु गुरुङ नेकपाबाट उम्मेदवार बनेको छ।

९ माघ, काठमाडौं । नेकपा एमालेको ओखलढुंगा जिल्ला कमिटीका अध्यक्षलगायत पदाधिकारीहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा शुक्रबार आयोजित कार्यक्रममा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतले उनीहरूलाई पार्टी प्रवेश गराए ।

कार्यक्रममा ओखलढुंगा एमालेका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा किसान, उपसचिव राजिव कटुवाल,  प्रदेश कमिटी सदस्य सुरेश थापा, जगत लुइँटेल, युवा संघका केन्द्रीय सदस्य प्रचण्ड खड्कालगायत तीन दर्जन नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नुअघि उनीहरूले शुक्रबारै काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरूले नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार घोषणाको विषयलाई लिएर ओखलढुंगा एमालेमा विवाद थियो । पार्टीको जिल्ला कमिटीले टिकटका लागि सिफारिस गरेका व्यक्तिहरू अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार लगायतलाई पन्छाएर सिफारिस नै नभएकी अस्मिता थापाले टिकट पाएपछि जिल्लाका अधिकांश नेता आक्रोशित थिए ।

सोही क्रममा अम्बिरबाबु गुरुङलाई नेकपाले आफ्नो उम्मेदवार बनाउने भएपछि उनी नेकपा प्रवेश गरेका थिए र ६ माघमा नेकपाबाट उम्मेदवारी दर्ता गराएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?