+
+
Shares

राष्ट्रिय सभामा खालिदको प्रश्न– मन्त्री बन्नका लागि कि चाहियो संसद् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १७:५५

९ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरू मन्त्री बन्नुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभाको १९ आँै अधिवेशनमा बोल्दै सांसद खालिदले सांसदहरू मन्त्री बनेका कारण सांसद खरिद विक्रीदेखि राजनीतिक दलहरू विभाजन हुने लगायतका विकृति भित्रिएको जिकीर गरे । अब  नीहरूलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको तर्क उनले गरे ।

‘मन्त्री बन्नका लागि किन संसद् चाहियो ? संसारका धेरै देशमा यो प्राक्टिस छैन । विकसित राष्ट्रहरूमा यो प्राक्टिस छैन । यो सांसद बिक्री, राजनीतिक दलको तोडफोड र जनताको अभिमतको अपमान यो सांसद मन्त्री हुने खेलको कारणले हो । संकल्प गरौँ र राष्ट्रिय सभाबाट हामी तयार गरौैं । अब सांसद मन्त्री बन्दैन । विज्ञ मन्त्री बन्ने व्यवस्था गरौं,’ उनले भने ।

सांसद खालिदले राष्ट्रिय सभाले सांसदहरूलाई मन्त्री नबनाउने व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?