+
+
Shares

प्रधानमन्त्री कार्कीले भनिन्- निर्वाचनमा एक थोपो रगत बग्नुभएन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १९:०३
फाइल तस्वीर

९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन् ।

शुक्रबार सशस्त्र प्रहरी बलको २५औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा चुनौतिहरू समयानुसार परिवर्तन भइरहेको बताइन् ।

उनले विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिइन् ।

निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको उनको भनाइ छ । निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न उनले निर्देशन दिइन् ।

उनले भनिन्, ‘सुरक्षा चुनौतीहरू समयानुसार परिवर्तन हुँदै गएका छन् । विगतका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय छ ।’

उनले अगाडि भनिन्, ‘वर्तमान संक्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको छ । निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्च स्तरको व्यfवसायिकता प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?