News Summary
Generated by OK AI. Editorially reviewed.- रायन कुग्लर निर्देशित फिल्म 'सिनर्स'ले ९८ औं अस्कर अवार्डमा १६ मनोनयन पाएको छ।
- यो फिल्म सन् १९३० को दशकको मिसिसिपीमा आधारित मौलिक कथा प्रस्तुत गर्छ।
- माइकल बी. जोर्डनले 'सिनर्स'मा उत्कृष्ट अभिनय गर्दै पहिलो पटक अस्कर मनोनयन पाएका छन्।
काठमाडौं । यतिबेला रायन कुग्लर निर्देशित फिल्म ‘सिनर्स’ को चर्चा विश्वब्यापी छ । ९८ औं अस्कर अवार्डमा १६ मनोनयन प्राप्त गरेको यो फिल्मले मार्चमा घोषणा हुने अवार्डमा ठूला विधा जित्ने अनुमान छ ।
उत्तर अमेरिकामा समेत यसवर्ष धेरै कमाउने फिल्म बनेको ‘सिनर्स’ लाई आमदर्शकदेखि क्रिटिक्सले रुचाएका छन् । इतिहासमा सर्वाधिक मनोनित हुने फिल्मको रुपमा रेकर्ड रच्नु चानचुने कुरा होइन ।
विश्वब्यापी चर्चा बटुलिरहेको र आउँदो अस्करमा प्रमुख विधा बढार्न सक्ने अनुमान गरिएको यो फिल्म किन चर्चामा छ ? यहाँ ५ कारण प्रस्तुत गरिन्छ :
मौलिक र साहसी कथा :
‘सिनर्स’ कुनै पुरानो फिल्मको अर्को भाग वा चलेको फ्रेन्चाइज फिल्म होइन । यो निर्देशक रायन कूग्लरले धेरै वर्षपछि आफैंले लेखेको एउटा मौलिक फिल्म हो । यसमा सन् १९३० को दशकको मिसिसिपीको कथा छ, जसमा तन्त्रमन्त्र, ऐतिहासिक ड्रामा, संगीत र पौराणिक कथालाई निकै रोचक तरिकाले मिसाइएको छ । आजकल एउटै खालका पुराना फिल्म दोहोरिरहेको बेला, यसले केही नयाँ र फरक आँट गरेको भन्दै समीक्षकले यसको खुब तारिफ गरेका छन् ।
संगीत र सांस्कृतिक पक्ष
यस फिल्ममा ‘ब्लुज’ संगीत र सांस्कृतिक पक्षलाई कथासँग यसरी बुनिएको छ कि यसले दर्शक र समीक्षक दुवैको मन छुन्छ । यसमा संगीत केवल पृष्ठभूमिमा बज्ने धुन मात्र नभई कथाकै एउटा मुख्य हिस्सा हो, जसले फिल्म हेर्ने अनुभवलाई अझ उत्कृष्ट र जीवन्त बनाएको छ ।
दमदार र यादगार अभिनय
फिल्ममा माइकल बी. जोर्डनले जुम्ल्याहा दाजुभाइको भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । उनको करियरमा पहिलो पटक यही फिल्मबाट उनले अस्करमा ‘उत्कृष्ट अभिनेता’ को मनोनयन हासिल गरेका छन् । उनीसँगै डेलरोय लिन्डो र वुन्मी मोसाकु जस्ता कलाकारको सहयोगी भूमिकाको पनि खुब प्रशंसा भएको छ र उनीहरूले पनि विभिन्न अवार्डका लागि मनोनयन पाएका छन् ।
हरेक पक्षमा अब्बल शिल्प
यो फिल्म निर्माणको लगभग हरेक क्षेत्रमा उत्कृष्ट ठहरिएको छ, चाहे त्यो निर्देशन र लेखन होस्, वा क्यामेरा, सेट डिजाइन, पहिरन, संगीत र भिजुअल इफेक्ट्स नै किन नहोस् । प्राविधिक र रचनात्मक दुवै पक्षमा यो फिल्म यति बलियो हुनु नै मुख्य कारण हो, जसले गर्दा एकेडेमीका भोटरले यसलाई १६ वटा विधामा मनोनयन दिएका छन् ।
समीक्षा र कमाइ दुवैमा सफल
यो फिल्मलाई समीक्षकले निकै रुचाएका छन् (धेरैजसो समीक्षा गर्ने पोर्टलमा यसले ‘उत्कृष्ट’ रेटिङ पाएको छ) र विश्वभर यसले राम्रो पैसा पनि कमाएको छ । फिल्ममा भएको भावनात्मक गहिराइ, डराउने फिल्मको नयाँ शैली र उत्कृष्ट मेकिङका कारण सिनेमा हलबाट हटेको धेरै समयपछि पनि दर्शकबीच यसको चर्चा अझै सेलाएको छैन ।
प्रतिक्रिया 4