News Summary
Generated by OK AI. Editorially reviewed.- बीबीसीका पूर्वपत्रकार सर मार्क टलीको ११ माघ, काठमाडौंमा निधन भएको छ।
- मार्क टलीले ०४६ को जनआन्दोलन र त्यसअघिको बन्द समाजमा नेपालबारे बीबीसी वर्ल्ड र बीबीसी हिन्दीमार्फत् रिपोर्टिङ गरेका थिए।
- उनी सन् २०११ मा पहिलो नेपाल लिटरेचर फेस्टिभलमा सहभागी भएका थिए र भारत तथा दक्षिण एसियाले नेपालको लोकतन्त्रबाट सिक्नुपर्ने उदाहरण दिएका थिए।
११ माघ, काठमाडौं । बीबीसीका पूर्वपत्रकार सर मार्क टलीको आइतबार निधन भएको छ । ०४६ को जनआन्दोलन र त्यसअघिको बन्द समाजमा मार्क टलीले बीबीसी वर्ल्ड तथा बीबीसी हिन्दीमार्फत् नेपालको बारेमा थुप्रै रिपोर्टिङ गरेका थिए ।
त्यस बेला सन्चार माध्यम नै सरकारीबाहेक नगन्य रहेका बेला मार्क टलीको आवाज नेपालमा प्रसिद्द थियो ।
नेपालका पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा आदिसँग राम्रो सम्बन्ध बनाएका मार्क टली पछिल्लोपल्ट सन् २०११ अर्थात् पहिलो नेपाल लिटरेचर फेस्टिभलका बेला काठमाडौं आएका थिए ।
मार्क टलीसँग त्यस बेला पत्रकार विजय कुमारले लामो संवाद गरेका थिए । मार्क टलीले त्यस बेला तीन दशकभित्र नेपाल काफी बदलिएको भन्दै भारत तथा दक्षिण एसियाले नेपालको लोकतन्त्रबाट सिक्नुपर्ने उदाहरण दिएका थिए ।
मार्क टलीका नो फुलस्टप्स इन इन्डिया लगायत पुस्तक प्रकाशित छन् ।
प्रतिक्रिया 4