+
+
Shares

एमाले-प्रलोपा तालमेल, नेकपालाई के पर्ला प्रभाव ?

नवगठति प्रलोपाको भोट कति ? अनुमान लगाउने विगतको आंकडा छैन । तर झिनो मतले पराजित भएको ठाउँमा एमालेलाई लाभ पुग्न सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते २१:५८

११ माघ, काठमाडौं । नेकपा (एमाले) र नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच पश्चिम नेपालका विभिन्न निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेको तीन बुँदे सहमतिले नव गठित प्रलोपालाई कति लाभ होला शुरुमा त्यसबारे चर्चा गरौं । सहमति अनुसार रुकुम पश्चिम र रुकुम पूर्वमा एमालेले प्रलोपाका उम्मेदवारलाई मत दिनेछ ।

रुकुम पश्चिममा प्रलोपाबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मा उठेका छन् । २०७९ मा उनले एमाले उम्मेदवारले भन्दा तेब्बर बढी मत ल्याएर जितेका थिए । माओवादीबाट उठेका शर्माले ३९ हजार ५४९ मत ल्याउँदा एमालेका नन्दराम सापकोटाको १२ हजार ९६१ मत थियो ।

तर गत निर्वाचनयता सानी भेरीमा धेरै पानी बगिसकेको छ । शर्मा आफैं माओवादीमा छैनन् । त्यतिबेला उनले समानुपातिकतर्फ आठ हजार ७६६ मत पाएको नेपाली कांग्रेस र एक हजार ५१० मत पाएको नेकपा (एकीकृत समाजवादी) लगायतको साथ पाएका थिए ।

यो सहमतिसँगै शर्मालाई समानुपातिकमा आठ हजार ७६९ मत पाएको एमालेले समर्थन गर्ने भएको छ ।

त्यस्तै, रुकुम पूर्वमा प्रलोपाका सन्दिप पुनले एमालेको साथ पाउने भएको छन् । समानुपातिकमा एमालेले रुकुम पूर्वमा तीन हजार ६५९ भोट पाएको थियो ।

नेकपालाई के प्रभाव पर्ला ?

सहमतिमा कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्ला तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेलाई साथ दिने भनिएको छ ।

प्रलोपाले सघाउने भनिएका निर्वाचन क्षेत्रहरू मध्ये गत निर्वाचनमा प्युठानमा मात्र एमालेले जितेको थियो । र, सल्यान बाहेक सबैमा एमाले दोस्रो स्थानमा थियो ।

एमाले दोस्रो भएका क्षेत्रहरू मध्ये दैलेख–२, दाङ–२ र दैलेख–१ मा झिनो मतान्तर थपियो । दैलेख–२ मा दिक्पालबहादुर शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई १६७ भोटले पराजित गरेका थिए ।

त्यस्तै, दाङ–२ एमाले महाचविव शंकर पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले १९३ भोटले हराएकी थिइन् ।

दैलेख–१ एकीकृत समाजवादीका अम्मरबहादुर थापा १८ हजार २९७ मत सहति नर्वाचित हुँदा एमालेका रवन्द्रिराज शर्माले १७ हजार ४४५ मत पाएका थिए । दैलेख–२ मा कांग्रेसका दिक्पालबहादुर शाहीले २० हजार १८३ र एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजा १६ मत पाएका थिए ।

यो क्षेत्रमा समानुपातिक तर्फ एमाले १७ हजार ३१७ र कांग्रेसले १५ हजार ५०४ भोट ल्याएको थियो ।

नवगठति प्रलोपाको भोट कति ? अनुमान लगाउने विगतको आंकडा छैन । तर झिनो मतले पराजित भएको ठाउँमा एमालेलाई लाभ पुग्न सक्छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसको साथ पाउँदा पनि थोरै मतले जितेका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई दुई दल बीचको तालमेलले अफठ्यारो पार्न सक्ने देखिन्छ।

जस्तो दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले २६ हजार ८८० पाउँदा एमालेका शंकर पोखरेलले २६ हजार ६८७ मत पाएका थिए । जबकी समानुपातिक तर्फ यो क्षेत्रमा एमालेको २३ हजार ५६८ र माओवादीको १० हजार ८२० तथा एकीकृत समाजवादीको ७८२ मत थियो ।

दैलेख १ मा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले एमालेका रविन्दराज शर्मालाई ८५२ मतले पराजित गरेका थिए । यो क्षेत्रमा समानुपातिकमा एमालेको १६ हजार ३१३ र एकीकृत समाजवादीको तीन हजार १६६ र माओवादीको दुई ६४५ मत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?