११ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो ।
त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।
दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको नेकपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4