+
+
Shares

सेयर बजार सूचक ४५ अंक घट्दा १४ अर्ब कारोबार 

सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा झरेको छ।
  • मंगलबार नेप्सेमा ३ सय ३३ कम्पनीको १४ अर्ब १६ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
  • मंगलबार बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा लगायत समूहगत परिसूचकहरु सबै घटेका छन्।

१३ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रममा मंलबार पनि निरन्तरता पाएको छ । सोमबार ३.०७ अंक घटेको नेप्से परिसूचक मंगलबार ४२.५८ अंक घटेको हो ।

पछिल्ला दिनमा नेप्से सूचक बढ्ने घट्ने जे भए पनि कारोबार रकम भने उच्च हुने गरेको छ । कारोबार रकमले बजार उत्साह अझै कायम रहेको संकेत गर्छ ।

देशभरि चुनावी माहोल बढेसँगै लगानीकर्ता बजार प्रवेश गर्ने क्रममा सुधार आउन कारोबार रकम उच्च पुगेको हो । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको छ ।

मंगलबार नेप्से सूचक घट्ने बढ्ने गरेर बन्द भएको छ । कारोबार सुरु हुँदा २७६९.०९ अंकमा रहेको नेप्से बन्द हुँदा ४२.५८ अंक घटेर २७२६.५१ बिन्दुमा झरेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका २ सय २४ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २१.०९, विकास बैंक ५९.९८, वित्त ६४.५०, लगानी १.८३, जीवन बीमा २४९.६६, लघुवित्त ७३.१४, निर्जीवन बीमा १९९.४१, अन्य ४८.२२ र व्यापार १९.६० अंक घटेका छन् ।

त्यसैगरी होटल १४७.८८, जलविद्युत् ५०.८, उत्पादनमूलक १ सय ३४ अंकले घटेको नेप्सेले जनाएको छ । तर, मंगलबार नेप्सेमा कारोबार भए पनि सामूहिक लगानी कोषको सूचकमा कुनै परिवर्तन आएन ।

मंगलबार नेप्सेमा कारोबार भएका ३४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंक सेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ ।

मंगलबार नेप्सेमा ३ सय ३३ कम्पनीको १ लाख ४२ हजार ४ सय ७४ कारोबारबाट १४ अर्ब १६ करोड रुपैयाँ बराबरका ३ करोड २ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा करिब २ अर्बले थोरै हो । सोमबार नेप्सेमा १६ अर्ब रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?