+
+
Shares

सामाजिक सञ्जालबाट चुनावबारे गलत सन्देश दिने उम्मेदवारलाई कारबाही गर्नुपर्छ : मदनकुमारी साह

प्रमुख सचेतक साहले गलत सन्देशमा भर नपर्न आम मतदातालाई पनि अपिल गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १४:१८

१४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गरी निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारसँग माग गरिन् ।

प्रमुख सचेतक साहले गलत सन्देशमा भर नपर्न आम मतदातालाई पनि अपिल गरिन् ।

उनले भनिन्,‘म मतदाताहरूलाई अपिल र अनुरोध गर्दछु–सामाजिक सञ्जालमा आएको सबै कुराहरू सत्य हुँदैनन् । भेरिफाइ गरेर मात्रै बुझौं । गलत र भ्रामक सन्देश सम्प्रेषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानुनको दायरामा ल्याई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन म अध्यक्षमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक साहले निर्वाचनमा गलत सन्देश दिने काम कुनै पनि दल र उम्मेदवारले गर्न नमिल्ने स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?