News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा यथावत् रहेका छन्।
- आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्।
- दीपेन्द्रको रेटिङ अंक २०२ रहेको छ र उनले लगातार चार सातासम्म आठौं स्थानमा रहेका थिए।
१४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन् ।
नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्रको वरियता पनि परिवर्तन भएको हो ।
दीपेन्द्रको रेटिङ अंक पनि यथावत् छ । उनको २०२ अंक रेटिङ छ । यसअघि लगातार चार सातासम्म दीपेन्द्र आठौं स्थानमा नै रहेका थिए ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् । दोस्रोमा पाकिस्तानका सायम अयुब छन् । तेस्रोमा भारतका हार्दिक पान्ड्या उक्लिएका छन् ।
चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन् । पाँचौंमा पाकिस्तानका मोहम्मद नवाज छन् ।

प्रतिक्रिया 4