१४ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागमा मंगलबार रातिदेखि नै वर्षासँगै भारी हिमपात भएको छ ।
काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि धुम्म भए पनि दिउँसो भने वर्षा भएको हो । यो वर्षको पहिलो हिउँदे वर्षा पनि हो । वर्षासँगै काठमाडौंमा चिसो समेत बढेको छ । तुवाँलो र प्रदूषणले ढाकेको काठमाडौं उपत्यकाको आकाश पनि खुल्ने विश्वास गरिएको छ ।
विभिन्न कामले घरबाहिर निस्किएका सर्वसाधारणहरू रुझेरै आ-आफ्नो गनतव्य तर्फ गइरहेको देख्न सकिन्थ्यो भने कतिपय मानिसहरू छाता तथा रेनकोट ओडेर यात्रा गरिरहेको देख्न सकिन्थ्यो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4