News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्।
- दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र ललित राजवंशीले पनि इयू टी–२० लिगका लागि नाम दर्ता गराइसकेका छन्।
- युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुनेछ र छ टोली सहभागी हुनेछन्।
१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्।
रोहितले आइतबार नाम दर्ता गराएको इयू टी-२० लिगले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।
यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अनि लेगस्पीनर सन्दीप लामिछानेले पनि नाम दर्ता गराइसकेका छन् भने बलर ललित राजवंशीले पनि नाम दर्ता गराएका छन् ।
युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ।
प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका छ टोली सहभागी हुनेछन्।
दक्षिण अफ्रिकाका रासी भान डर डुसेन, श्रीलंकाका एन्जेलो म्याथ्युज र वानिन्दु हसरङ्गा जस्ता चर्चित खेलाडीले पनि यस लिगका लागि नाम दर्ता गराएका छन् ।
प्रतिक्रिया 4