+
+
Shares

काठमाडौं उपत्यकासहित तराई मधेशमा हुस्सु-कुहिरो, हवाई उडान प्रभावित

भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते ८:२६

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सुकुहिरो लागेको हो । वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सुकुहिरो लागेको हो ।

यो अवस्था दिउँसोदेखि क्रमश: हटेर जाने मौसमविदले बताएका छन् ।

‘बिहानको समयमा हुस्सु कुहिरोको अवस्था आज र भोलि दुई दिनसम्म देखिने सम्भावना छ,’ मौसमको अध्येता डा. धर्मराज उप्रेतीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?