News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व नम्बर एक खेलाडी कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा नम्बर तीन एलेक्जेन्डर जेभरेभलाई ३-२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका छन्।
- अल्काराजले पहिलो र दोस्रो सेट जिते पनि तेस्रो र चौथो सेट हराएपछि पाँचौं सेटमा ५-३ पछि परेको अवस्थाबाट ७-५ ले जित हासिल गरे।
- अल्काराजले फाइनलमा जोभाक जोकोभिच र यानिक सिनरबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।
१६ माघ, काठमाडौं । विश्व नम्बर एक खेलाडी कार्लोस अल्काराज अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार मेलबर्नमा भएको पहिलो सेमिफाइनलमा नम्बर तीन खेलाडी एलेक्जेन्डर जेभरेभलाई ३-२ को सेटमा हराउँदै अल्काराज फाइनलमा पुगेका हुन् ।
पहिलो सेट अल्काराजले ६-४ ले जितेका थिए । दोस्रो सेट टाइब्रेकरमा ७-६(७-५) ले जितेका अल्काराजले त्यसपछिका दुई सेट भने सुम्पिए ।
तेस्रो सेटमा जेभरेभले ७-६ (७-३) ले जित निकाले भने चौथो सेटमा ७-६ (७-४) को जित निकाल्दै खेल पाँचौं सेटमा पुर्याएका थिए ।
पाँचौं सेट पनि प्रतिस्पर्धात्मक बन्यो । ५-३ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अल्काराजले ७-५ ले खेल जिते ।
अल्काराजले अब फाइनलमा जोभाक जोकोभिच र यानिक सिनरबीचको विजेतासँग खेल्ने छन् ।
प्रतिक्रिया 4