+

आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

२०८२ माघ  १६ गते १७:४३ २०८२ माघ १६ गते १७:४३
आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ मा काठमाडौंमा आयोजना हुने भएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुने जानकारी दिएको छ।
  • सम्मेलनमा एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता, विकास योजना, सुशासन र भविष्यको दिशाबारे छलफल गरिनेछ।

१६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ।

सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्।

कार्यक्रममा एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता, विकास योजना, सुशासन (गभर्नेन्स) र भविष्यको दिशाबारे छलफल गरिनेछ।

यस सम्मेलनको आयोजना हुनु नेपालले एसियाली क्रिकेट विकासमा बढ्दो भूमिका र योगदान पुष्टि गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

आईसीसी एसिया क्षेत्रीय सम्मेलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय