+

नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा

२०८२ माघ  १६ गते २०:२५ २०८२ माघ १६ गते २०:२५
नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।
  • जोकोभिचले दोस्रो सेमिफाइनलमा यानिक सिनरलाई ३-२ को सेटमा हराएका हुन्।
  • पहिलो सेमिफाइनलमा कार्लोस अल्काराजले एलेक्जेन्डर जेभरेभलाई हराउँदै फाइनलमा पुगेका छन्।

१६ माघ, काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार मेलबर्नको रोड लेभर एरेनामा भएको दोस्रो सेमिफाइनलमा नम्बर दुई खेलाडी यानिक सिनरलाई ३-२ को सेटमा हराउँदै जोकोभिच अर्को ग्रान्डस्लाम उपाधिनजिक पुगेका हुन् ।

पहिलो सेट सिनरले ६-३ ले जितेका थिए । दोस्रो सेटमा जोकोभिच ६-३ ले विजयी भए । तेस्रो सेटमा पुन: सिनर ६-४ ले विजयी भए ।

जोकोभिच चौथो सेटमा ६-४ ले अनि पाँचौं सेटमा ६-४ ले विजयी भए । उनी ११औंपटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् भने २५औं ग्रान्डस्लामबाट एक कदम टाढा छन् ।

सर्वाधिक २४ पटक ग्रान्डस्लाम उपाधि जितेका जोकोभिचले १० पटक अस्ट्रेलियन ओपन जितेका छन् ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा एलेक्जेन्डर जेभरेभलाई हराउँदै कार्लोस अल्काराज फाइनलमा पुगेका छन् ।

अस्ट्रेलियन ओपन टेनिस नोभाक जोकोभिच
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय